मूर्ति विसर्जन गर्न गएका युवकको डुबेर मृत्यु

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

महोत्तरीमा मूर्ति विसर्जनको क्रममा मूर्तिकै तल दबिएर एक युवकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका– २ निवासी पवन साहका छोरा अन्दाजी वर्ष १८ का सुमित साहको डुबेर मृत्यु भएको हो।

शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित साँझ घर नफर्केपछि आफन्तले साँझदेखि नै खोजी सुरु गरेका थिए। पोखरीमै डुबेको हुन सक्ने आशंकाबीच आइतबार बिहान करिब ११ बजे उनको शव जलेश्वरस्थित भार्गवसर पोखरीमा फेला परेको हो।

युवकले मादक पदार्थ सेवन गरेको र मूर्ति विसर्जनको समयमा मूर्ति खस्ने स्थानको अनुमान लगाउन नसकेर उनी मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

See More On

सुझावित समाचार