थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर सात सय ९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ हजार ६ सय १९ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

सात हजार ६० जनाको पिसिआर र दुई हजार पाँच सय ५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। तीमध्ये ६ सय ९१ जनामा पिसिआर र एक सय एकजनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा नेपालमा थप १४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमााएका छन्। आज दिनभर नेपालमा ६९ हजार आठ सय २४ जनाले कोभिड– १९ को खोप लगाएकाे मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। यस दिन नाै सय १० जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार पाँच सय ५४ भएको छ।

See More On

सुझावित समाचार