आफ्नै पहिचानयुक्त संस्कृतिका कारण नेपाल स्वतन्त्र र अविभाज्य छ : अध्यक्ष प्रचण्ड

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज मंगलबार एक सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्। 

नेपाल बहुविशेषतायुक्त रहेको उल्लेख गर्दै उनले नेपाल आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नै स्वतन्त्र र अविभाज्य रहेको बताएका छन्। ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो,’ उनको सन्देशमा उल्लेख गरिएको छ।

अध्यक्ष प्रचण्डले कोभिड– १९ को जोखिम कम नभइसकेको भन्दै  स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन अपिल गरेका छन्।

See More On

सुझावित समाचार