देशभर ५९६ संक्रमित थपिँदा ८७१ जना संक्रमणमुक्त

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ८७१ जना संक्रमण मुक्त भएका छन् । सो समयमा स्वास्थ्य मन्त्रालयले १२ हजार ४०४ नमुनाको परीक्षण गरेको थियो।

पिसिआर विधिबाट नौ हजार २३७ नमुना परीक्षण गरिँदा ५६५ र एन्टिजेन विधिबाट तीन हजार १६७ नमुनामध्ये ८७१  नमुनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आइतबार कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन्। यस दिन देशभर ७८ हजार ९२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज ८७१ जना डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २४ पुगेको छ।
 

See More On

सुझावित समाचार