ट्रायल पास गरेका सात लाखले पाँच महिनाभित्र स्मार्ट लाइसेन्स पाउने

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

यातायात व्यवस्था विभागले ट्रायस पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बसेकाहरूलाई पाँच महिनाभित्र स्मार्ट लाइसेन्स वितरण गरिसक्ने भएको छ। विभागले कार्ड छाप्नको लागि व्यक्तिको विवरण फ्रान्स पठाइसकेको जनाएको छ।

फ्रान्सबाट कार्ड छापिएर आएपछि वितरण गरिने विभागले जनाएको छ। अहिले ट्रायल पास गरेका करिब सात लाख व्यक्ति लाइसेन्सको पर्खाइमा छन्। नवीकरण तथा ट्रायल पास गरेकाहरूको कार्ड एकैपटक वितरण गरिने विभागका प्रवक्ता लोकराज भुसालले जानकारी दिए । ‘अबको पाँच महिनाभित्र स्मार्टकार्ड वितरण गरिसक्छौँ, ट्रायल दिन बाँकी रहेकाहरूले पनि छिटो पालो पाउँछन्,’ भुसालले भने।

सुझावित समाचार