७६४ कोरोना संक्रमित थपिँदा १,०३३ निको भए

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर सात सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो परीक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

सोही अवधिमा एक हजार ३३ जना निको भएका छन्। नाै हजार चार सय ६६ पिसिआर र एक हजार दुई सय २२ एन्टिजेन परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमितको कुल संख्या आठ लाख नाै सय नाघेको छ। मृत्यु हुनेको संख्या ११ हजार दुई सय १० पुगेको छ।

See More On

सुझावित समाचार