देशभर थप आठ सय पाँच्जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा ६ सय ६७ र एन्टिजेन परीक्षणमा एक सय ३८ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा सात हजार दुई सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार चार सय आठजनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर १५ हजार नौ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार नौ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार दुई सय पुगेको छ ।