घरको छतबाट हाम फालेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा आत्महत्या

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण
घरको छतबाट हाम फालेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा आत्महत्या

प्रतिकात्मक तस्बिर।

वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आज बिहीबार बिहान ७ बजे चाबहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले हाम फालेलगत्तै उनको मृत्यु भएको बताए। मृत्यु भएका चतुर्वेदीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनी केही वर्षदेखि मानसिक समस्याले ग्रस्त रहँदै आएको उनको पारिवारिक स्रोतले प्रहरीलाई जानकारी गराएको छ।

सुझावित समाचार