गुफामा बस्दै आएकी ९२ वर्षीया वृद्धाले लिइन् नागरिकता

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

हुम्लाको नाम्खा गाउँपालिका– ३ खगाल गाउँकी चोङमु तामाङले ९२ वर्षको उमेरमा नागरिकता पाएकी छिन्। ३० वर्षअघि नाम्खा– ३ झुलामा गुफा बसेकी तामाङले ९२ वर्षको उमेरमा नेपाली नागरिकता लिएकी हुन्।

सदरमुकाम पुग्न तीन दिन लगाएकी तामाङ नागरिकता पाएपछि खुसी भएर घर फर्किएकी छिन्। करिब ४० वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी झुल भन्ने स्थानमा ढुंगाको ओडारमा गुफा बसेकी थिइन्। घरमा कोही आफन्त नहुँदा वृद्धाले अहिलेसम्म नागरिकता नपाएको स्थानीय बताउँछन्।

उनी सदरमुकाम सिमकोट पहिलोपटक पुगेकी हुन्। घरमा कोही आफन्त नहुँदा तामाङ हिउँद–बर्खा झुलामा गुफा बस्दै आएकी छिन्। नेपाली  नागरिकता नहुँदा राज्यबाट पाउने वृद्धभत्ताबाट समेत तामाङ वञ्चित भएकी छिन्।

नेपाली नागरिकता लिन बुढेसकालमा लठ्ठीको साहारा लिएर सदरमुकाम पुगेकी तामाङ दुई‌ दिन सदरमुकाम बसेकी थिइन् ।

सुझावित समाचार