देशभर थप १,०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा आठ सय ४९ र एन्टिजेन परीक्षणमा एक ९४ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ११ हजार एक सय  ६५ जनाको पिसिआर परीक्षण र चार हजार तीन सयजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १६ हजार एक सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार आठ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ९२ पुगेको छ ।

सुझावित समाचार