देशभर ९६८ जनामा संक्रमण पुष्टि, ६ संक्रमितको मृत्यु

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर नौ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा ७६२ र एन्टिजेन परीक्षणमा २०६ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा एघार हजार ५८२ जनाको पिसिआर परीक्षण र चार हजार ४६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १६ हजार २४८ सक्रिय संक्रमित रहेका छन् ।  सोमबार एक हजार ११४ जना कोरोना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

See More On

सुझावित समाचार