आगलागी हुँदा भेडाका २५ पाठा जले

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

जुम्लाको हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ कृषकका २५ पाठा जलेर मरेका हुन्।

खर्कमा कोही नभएको समयमा आगलागी हुँदा भेडाका पाठासहित २० भन्दा बढी राडीकम्बल, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन्। करिब चार हजार मिटर उचाइमा रहेको खर्कसमेत जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा भेडापालक किसान आगो बालेर रात काटिरहेका छन्।

See More On

सुझावित समाचार