कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । १४औँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

लामाले कुल एक हजार तीन सय ७३ मध्ये आठ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी खड्काले चार सय ८५ मत प्राप्त गरे।  यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा  मतदान भएको हो।  

सुझावित समाचार