देशभर थप एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा आठ सय १२ र एन्टिजेन परीक्षणमा दुई सय १८ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा पाँच हजार आठ सय ९३ जनाको पिसिआर परीक्षण र चार हजार नौ सय ८१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर १६ हजार छ सय छ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार एक हजारजना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा दशजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ७४ पुगेको छ ।