जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालस्थित जापानका राजदूत किकुता युताकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्नेमा बताए।

जापान सरकारले दिएका एम्बुलेन्स मन्त्रालयले आजै नेपाल एम्बुलेन्स सेवालाई प्रदान गरेको छ। एम्बुलेन्स सेवाका अध्यक्ष डा. प्रदीप वैद्यले प्राप्त एम्बुलेन्समा एक इमर्जेन्सी मेडिकल टेक्निसियनसहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिने बताए।

सुझावित समाचार