मोरङमा पौडेल समूहकै वर्चश्व, देउवा समूह पाँच पालिकामा सीमित

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस मोरङको पालिका निर्वाचनमा संस्थापनइतर पक्षले वर्चश्व कायम गरेको छ । मोरङका १७ पालिकामध्ये पाँचवटामा मात्र सभापति शेरबहादुर देउवा समूह विजयी भएको छ । बाँकी सबै पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत बलबहादुर भुजेलका अनुसार मोरङमा उर्लाबारी नगरपालिका तथा जहदा र केराबारी गाउँपालिकामा मात्र सर्वसम्मत साभापति चयन भएका हुन् । आइतबार प्रकाशित मतपरिणामअनुसार विराटनगर महानगरपालिकामा दीपक चापागाईं सभापतिमा निर्वाचित भएका छन् । उनी कोइरालानिकट मान्छिन्।

यसैगरी, रतुवामाई नगरपालिकामा पौडेल समूहका पोस्टबहादुर बस्नेत, उर्लाबारी नगरपालिकामा पौडेल समूहकै सुरेन्द्र लिम्बू, लेटाङ नगपालिकामा दीपकचन्द्र राई, सुन्दरहरैँचामा भक्तिप्रसाद सिटौला, पथरी शनिश्चरेमा रूपनारायण भट्टराई  र बेलबारी नगरपालिकामा छत्र लिम्बू सभापतिमा निर्वाचित भएका छन्।

यस्तै, मिक्लाजुङ गाउँपालिकामा बबी राई, कटहरीमा रामकुमार कामत,  कानेपोखरीमा योगेन्द्र दाहाल, बुढीगंगामा जितनारायण थापा, केराबारीमा प्रकास्त बस्नेत सभापतिमा निर्वाचित भएका छन् । उनीहरू सबै संस्थापनइतर समूहका हुन् ।

रंगेली नगरपालिकामा जगरनाथ मण्डल,  सुनवर्षी नगरपालिकामा कमलकिशोर गन्गाई, ग्रामथान गाउँपालिकामा तुलसी विश्वास, धनपालथान गाउँपालिकामा दीपकवीर पाण्डे र जहदा गाउँपालिका महेन्द्र मण्डल संस्थापन पक्षबाट सभापति निर्वाचित भएका छन् ।
 

सुझावित समाचार