देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, १,४०५ संक्रमणमुक्त, सातको मृत्यु

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

देशभर थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ७४ र एन्टिजेन परीक्षणमा एक सय पाँचजनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार ७० जनाको पिसिआर परीक्षण र तीन हजार आठ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १६ हजार आठ सय चारजना सक्रिय संक्रमित रहेका छन् । आइतबार एक हजार चार सय पाँचजना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा सातजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ६४ पुगेको छ ।
 

सुझावित समाचार