सारेगमप लिटल च्याम्प्समा तेस्रो भएर चर्चामा आएका गायक प्रितम आचार्यको दोस्रो गीत सार्वजनिक भएको छ । ‘सरर’ बोलको गीतको भिडियोमा आचार्यको पनि लिप सिंक रहेको छ। एमएमएस इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको गीतको संगीत र शब्द मानस राजको रहेको छ।
प्रसन्न घिमिरेले निर्देशन गरेको भिडियोमा बाल कलाकारहरू सुज्यान रनपहेली, दीक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आलेलगायतको अभिनय रहेको छ। डम्बरबहादुर राईको सिनेम्याटोग्राफी रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।