पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ८६७ नयाँ संक्रमित थपिएका छन्। आठ हजार २१९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा पाँच हजार ५९८ जनाको पिसिआर र दुई हजार ६२१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। तीमध्ये ६५९ जनामा पिसिआर र २०८ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज शनिबार एक हजार १२३ जना संक्रमित निको भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ।
आज देशभर ८३ हजार ३७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् भने संक्रमणका कारण नाैजनाले ज्यान गुमाएका छन् ।