संखुवासभामा विद्युत् प्राधिकरणले पोलको भाडा उठाउन थाल्यो

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रले संखुवासभामा केबल नेटवर्क र इन्टरनेट प्रदायक संस्थाहरूले सेवा विस्तार गर्न प्रयोग गरेको पोलको भाडा संकलन गर्न सुरु गरेको छ । जिल्लामा हालसम्म चारवटा निजी प्रदायक संस्थाहरूले कुल एक लाख ५८ हजार पाँच सय रुपैया राजस्वबापतको रकम जम्मा गरिसकेको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका लेखा प्रमुख सफल देवकोटाले बताए ।

उनका अनुसार कृति नेटवर्कले ८० हजार तीन सय रुपैया, हाम्रो केबल नेटवर्कले २५ हजार पाँच सय रुपैयाँ, सगरमाथा टेलिकम्युनिकेसनले ३४ हजार रुपैयाँ र चैनपुर इन्फोटेकले १९ हजार रुपैयाँ पोलको भाडाबापतको रकम खाँदबारी वितरण केन्द्रको धरौटी खातामा रकम जम्मा गरिसकेको छ। अहिले तत्काललाई धरौटी खातामा रकम जम्मा गरिए पनि केही समयपछि नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरसँग निजी प्रदायक संस्थाहरूको सम्झौतापछि  उक्त रकम राजश्व खाता रकम टान्सफर गरिने लेखा प्रमुख देवकोटाको भनाइ छ। 
   

सुझावित समाचार