अवैध ढुंगा ओसारपसार गर्ने चार टिपर प्रहरी नियन्त्रणमा

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

अवैद्य रुपमा  ढुंगा  ओसारपसार गरिरहेको अबस्थामा  दाङ तुलसीपुर  ८  अस्वारा  निवासी  अनुप पाण्डेका चारवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साे टिपरमा चारलेनको प्रयोगका लागि ल्याइएको ढुंगाहरु  रहेको बुझिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारले ताए  ।  उनीहरुको साथबाट  कुनै कागजात फेला नपारेपछि नियन्त्रणमा ल्याइएको उनले  बताए ।

बालापुर प्रहरी चौकीले नियन्त्रणमा लिएका ति  टिपरहरु अष्टभैरव कम्पनीका  रहेका  छन् । ढुंगा ल्याएको स्थान र कहाँ लैजान लागेको हो भन्ने कुरा  पुष्टि  गर्ने  कागजात  बोक्नु पर्छ । क्रसर उद्योगबाट ल्याएको  हो भने पनि  त्यहाँको विल वोक्नु पर्ने भएपनि  उनीहरुले  केही पनि बोकेका  थिएनन् । 

तर,  चार लेन निर्माणका पेटी  ठेकेदारका  रुपमा  रहेका  सुनिल खत्रीले  यसमा  आफूहरुलाई जोड्नुपर्ने  कुनै कारण  नै नरहेको बताएका  छन् । ति  टिपरहरु  अष्टभैरव  कम्पनीका रहेपनि आफूहरुले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएको बताएका  छन् । 
 

See More On

सुझावित समाचार