अख्तियारले छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टीले प्रदेश २ को कार्यालयमा अख्तियारले छापामार शैलीमा छापा मारेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै जसपाले ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउने उद्देश्यले छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति र गरिमामाथि आघात पुर्‍याएको आरोप लगाएको हो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरूद्ध अनुसन्धान गर्न पाउने हो तर अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत भएको जसपाको ठहर छ ।अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रविरूद्ध सुशासन र सदाचारको पक्षमा जसपा रहेको भन्दै  राज्यको सम्पूर्ण तह र निकायमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्नेमा जोड दिएको छ  । 

See More On

सुझावित समाचार