देशभर १,०६६ संक्रमित थपिए, संक्रमणका कारण १३ जनाको मृत्यु

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ३६८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ११३ नमुनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ८९८ जना तथा तीन हजार २५५ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएकाे मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ।

आज कोभिड–१९ का कारण १३ जनाले ज्यान गुमाएका छन् । शुक्रबार देशभर दुई लाख १७ हजार ३९१ जनाले खोप लगाएकाे मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

See More On

सुझावित समाचार