इपिएल : ललितपुर र भैरहवाबीचको खेल बराबरी

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

सुपर ओभर खेल्नका लागि आवश्यक प्रकाश नपुगेपछि दुवै टिमले समान एक–एक अंक बाँडेका छन्


चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहीबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिटर्सबीचको खेल बराबरी भएको छ । जारी इपिएल पहिलोपटक खेल बराबरी भएको हो । खराब प्रकाशका कारण खेल सुपर ओभरमा जान नसक्ने भएपछि ललितपुर र भैरहवाले समान एक–एक अंक बाँडेका छन् । बराबरीसँगै भैरहवा चार अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । 

पहिलो ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन जोड्दै खेल बराबरी गर्‍यो । भैरहवाले ललितपुरसँग एक अंक खोस्नमा शरद भेषवाकरले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा भैरहवालाई जितका लागि १८ रन आवश्यक थियो । 

ललितपुरबाट अनुभवी बलर रसिद खानले बलिङ गरेका थिए । अन्तिम ओभरको पहिलो दुई बलमा कुशल मल्लले दुई–दुई रन लिए । १९.३ ओभरमा रसिदले सन्दीप जोराबाट कुशललाई क्याच आउट गराए । कुशलको विकेटसँगै ललितपुरले लगभग खेल पकडमा लियो । भैरहवालाई अन्तिम तीन बलमा १४ रन आवश्यक थियो । १४.४ ओभरमा उपल थरंगाले छक्का प्रहार गरे । अर्को बलमा उनले एक रन लिँदै भेषवाकरलाई स्ट्राइक दिए । 

अन्तिम बलमा भैरहवालाई जितका लागि सात रन आवश्यक थियो । जुन असम्भव नै थियो । नो बल वा वाइड बलमा छक्का प्रहार भए मात्र भैरहवाले खेल जित्ने थियो । यसबाहेक खेल बराबरीसम्म पुर्‍याउन भैरहवालाई कम्तीमा छक्का आवश्यकता थियो । केवल चौका वा रनले पनि ललितपुरले जित हात पार्न सक्थ्यो । यही कारण ललितपुर लगभग जितको मुखैमा देखिन्थ्यो । रसिदको सीधा बललाई भेषवाकरले छक्काका रूपमा प्रहार गर्दैै खेल बराबरीमा पुर्‍याए । यस ओभरमा रसिदले १७ रन खर्चेका थिए ।

ललितपुरद्वारा सानदार ब्याटिङ

गातार दुई खेल गुमाएको साविक विजेता ललितपुर दबाबमा थियो । भैरहवासँग पनि पराजित हुँदा लगभग उपाधिको होडबाट बाहिरिने अवस्था थियो । यसकारण ललितपुरसमक्ष भैरहवाविरुद्ध ब्याटिङ तथा बलिङ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब थियो । पहिलो ब्याटिङ गरेको ललितपुरका चार ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दा पहिलोपटक चालू इपिएलमा एक सय ५० रनमाथिको योगफल कटायो । 

कप्तान कुशल भुर्तेललाई दुई रनमै गुमाएको ललितपुरले श्रीलंकाली विकेटकिपर सन्दुम विराकोडी, ओसाडा फर्नान्डो, सन्दीप जोरा तथा अशमुतुल्लाह ओमाजैबाट दरिलो ब्याटिङको साथ पायो । यी चारै ब्याट्सम्यानबीच साझेदारी पनि राम्रो भएको थियो । विराकोडीले ४१ बलमा पाँच छक्का र दुई चौकाको सहयोगमा ५८ रनको योगदान दिए । यसैगरी ओसाडाले १९ बलमा २० रन तथा सन्दीपले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गरी ३८ रन बनाए । अजमुतुल्लाहले २२ बलमा चार छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाए । खेलमा म्यान अफ दी म्याच भैरहवाका थरंगा भए ।

चितवनको रोमाञ्चक जित

बुधबार पहिलो खेलमा कप्तान सन्दीप लामिछानेको कप्तानीमा ओर्लेको काठमाडौं किंग्स इलाभेन चितवन टाइगर्ससँग तीन विकेटले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । प्रत्युत्तरमा चितवनले खेल सकिन आठ बलअघि नै सात विकेट गुमाएर एक सय ४२ रन जोड्यो । चितवनलाई महत्वपूर्ण दुई अंक दिलाउनमा राजेश पुलामी तथा दिलीप नाथको योगदान विशेष रह्यो । 

भैरहवाको कमजोर सुरुवात

प्रतिओभर आठ नजिकको लक्ष्य पछ्याएको इनिङ्समा भैरहवाले कमजोर सुरुवात गर्‍यो । पहिलो तीन विकेट गुमाउँदा भैरहवाले ३९ रन मात्र जोडेको थियो । त्यसपछि श्रीलंकाली पूर्वअनुभवी ब्याट्सम्यान थरंगा र आरिफ सेखले चौथो विकेटका लागि ५.१ देखि १४.६ ओभरमा ८४ रनको साझेदारी गर्दै भैरहवालाई जितको आशा दिलाए । सेखले २८ बलमा दुई चौका र एक छक्का प्रहार गरी २८ रनको योगदान दिए । 

अन्तिम बलमा भैरहवालाई जितका लागि सात रन आवश्यक थियो । जुन असम्भव नै थियो । नो बल वा वाइड बलमा छक्का प्रहार भए मात्र भैरहवाले खेल जित्ने थियो । यसबाहेक खेल बराबरीसम्म पु¥याउन भैरहवालाई कम्तीमा छक्का आवश्यक थियो ।

थरंगाले कुशल मल्लसँग पाँचौँ विकेटका लागि ५१ रनको साझेदारी गरे । कुशलले १९ बलमा आक्रामक शैलीमा ब्याटिङ गरी दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रनको योगदान दिए । नटआउट रहेका थरंगाले ४४ बलमा तीन छक्का र ६ चौका प्रहार गर्दै ६७ रन बनाए । बलिङमा रसिदले ३४ रन खर्चेर तीन तथा रिजान ढकालले १७ रनमा दुई विकेट हात पारेका थिए ।

ललितपुर दुई ओभरमा सम्हालिन नसक्दा

चितवनले लक्ष्य पछ्याएको इनिङ्सको १७औँ ओभरमा ११५/७ को अवस्थामा थियो । चितवनलाई १८ बलमा २७ रन आवश्यकता थियो । इनिङ्सको १८औँ ओभरमा जनक प्रकाश बलिङ गर्न आए । डेथ ओभरतिर जनक सम्हालिन सकेनन् । उनले पहिलो बल डट फ्याँके । त्यसपछि उनले नो बल गरे । कमल ऐरीले नो बलमा छक्का प्रहार गरे । जनकले फ्याँकेको तेस्रो बलमा कमलले पुनः छक्का प्रहार गर्दै चितवनलाई जितनजिक पुर्‍याए । यस ओभरमा जनकले १६ रन दिए । इनिङ्सको १९औँ ओभरमा अनुभवी बलर जितेन्द्र मुखियाले ललितपुरका लागि बलिङ गरेका थिए । 

उनले लगातार दुई बल वाइड फ्याँके । कमलले १८.२ ओभरमा एक रन लिँदै राजेशलाई स्ट्राइक दिए । मुखियाको तेस्रो बलमै राजेशले छक्का प्रहार गरे । अर्को बलमा उनले एक रन लिँदै एक सय ४१ रनको स्कोर बराबरी गरे । मुखियाले अर्को बल वाइड फ्याँक्दा चितवनले ललितपुरलाई तीन विकेटले हरायो । राजेशले २९ बलमा दुई चौकाको सहयोगमा २६ रन तथा कमलले १५ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २३ रनको योगदान दिए । बलिङमा मुखिया र रायन बुरलले समान दुई–दुई विकेट हात पारे ।

सुझावित समाचार