बितेका २४ घण्टामा देशभर एक हजार ७८ कोरोना संक्रमित थपिँदा ९११ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार ८ हजार ५५५ जनाको पिसिआर परीक्षण र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गर्दा थप एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।