जोन डियरको नयाँ ट्याक्टर बजारमा

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले ५० एचपी फोर–ह्विल ड्राइभ नयाँ ट्याक्टर बजारमा ल्याएको छ । कम्पनीले अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने विश्वासका साथ नयाँ ट्याक्टर बजारमा ल्याएको हो । 

ट्याक्टर सार्वजनिक गर्न आयोजित समारोहमा कम्पनीको १०औँ हजार ट्याक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । समारोहमा जोन डियर इन्डियाका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता तथा नेपालका लागि विवेक अटोमोबाइल्ससँगको लामो सहयात्रा ऐतिहासिक क्षण भएको बताए । 

जोन डियर संसारभरिको किसान समुदायका लागि उसको कृषि उत्पादकत्व र आय बढाउन प्रविधिको रूपमा उत्कृष्ट उत्पादन र सेवा दिन प्रतिबद्ध रहेको कम्पनीको दाबी छ । जोन डियरले कृषि शृंखला एकीकृत समाधान प्रदान गरेर विश्वकै धेरै क्षेत्रमा कृषि पद्घतिको आधुनिकीकरणमा नेतृत्व गरिरहेको जनाएको छ । 

सुझावित समाचार