संविधान कानुनअनुसार होइन, पार्टीको नीतिअनुसार चलेको छ : डा. लोहनी

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधान कानुनअनुसार नभई पार्टीको नीतिअनुसार चलेको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने अध्यादेश बनाएर ४० बाट २० प्रतिशतमा झार्ने र पार्टी फुटाएर पुनः ४० प्रतिशतमा लैजाने कुन व्यवस्था हो भनेर सरकारसँग प्रश्न गरेका छन् । 

नेता लोहनीले कांग्रेस, एमाले र माओवादीजस्ता अग्रगामी पार्टी भन्नेले प्रतिगामी काम गर्नेबाहेकको कुनै काम नगरेको आरोपसमेत लगाए । उनले भ्रष्टाचार र लुटतन्त्रलाई नियन्त्रण गर्ने कार्यमा अख्तियारमा आफ्नै मान्छे राख्ने अनि सानो खरिदार पियन समात्ने अख्तियारको कामकारबाहीप्रति समेत प्रश्न उठाए । सुशासन, कानुनी शासन र अग्रगामी भन्नेले भ्रष्टाचार र लुटतन्त्रलाई प्रश्रय दिएको आरोप लगाए । परराष्ट्र नीतिको  दुरुपयोग गरी विदेशी चलखेल गर्ने गरेको बताउँदै उनले गठबन्धनले लुट्ने र दलीय भागबन्डा गर्नेबाहेक अरू कसैको लागि सरकार नबनाएको बताए।

उनले संविधान आफ्नो पार्टी र देशको जनताले संविधानभित्रको राजसंस्था र राजतन्त्र चाहिएको बताउँदै नेपालको एकता, राष्ट्रियताको लागि राप्रपा सदैव संघर्षरत रहिरहने बताए । उनले संविधानलाई परिवर्तन गरी त्यसमा राजतन्त्र ब्युँताउनुपर्ने बताए।

सुझावित समाचार