पछिल्लो समय सेयर बजारमा गिरावट जानेक्रम जारी छ । अघिल्लो दिन ६१ अंकले घटेको बजारले सोमबार पनि उच्च अंकले घटेकाले बजारप्रति लगानीकर्ता आत्तिन थालेका छन् । निरन्तर बजारमा गएको पहिरोले विशेष गरी भर्खरै बजार प्रवेश गरेका लगानीकर्ता आत्तिएका देखिन्छन् । बजारमा केही ठूला लगानीकर्ताभन्दा पनि साना लगानीकर्ता आत्तिँदा बजारसँगै कारोबार रकममा गिरावट आएको हो ।
पुुँजी बजारलाई नियामक निकायले बाँध्ने काम गरेर मनलाग्दी ल्याएको नीतिका कारण बजार घट्न पुुगेको नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । कम्पनीहरूले पुुँजी बजारको क्षेत्रलाई बुझेर वा नबुुझेर लगानीकर्तालाई पेलेर लैजाने नीतिका कारणले पनि बजारलाई बीच–बीचमा दबाब हुने उनको भनाइ छ । ‘ठूला लगानीकर्तालाई मात्र पेल्ने नीतिले साना लगानीकर्तालाई अप्ठ्यारो परेको छ,’ रौनियारले भने । १३ वटै समूूहका सूूचक घटेका छन् भने सबैभन्दा बढी फाइनान्स, माइक्रो फाइनान्स, जीवन बिमा समूूहको सूचकमा सो दिन सबैभन्दा बढी गिरावट आएको हो ।
नेप्से सूचक ७३ अंकले घटेर २६ सय ८५ बिन्दुुमा पुुगेर बन्द भएको छ । २७ सयको बिन्दुुमा रहँदै आएको नेप्से सो दिन पनि घटेर २६ सयमा झरेको हो । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९४ अंकले गिरावट आएर पाँच सय ६ बिन्दुुमा पुुगेको छ ।
उच्च अंकले घटेको नेप्सेमा सेयर खरिद रकममा पनि गिरावट आएको छ । केही लगानीकर्ता बजार होल्ड गर्न चाहन्छन् भने साना लगानीकर्ता यही बजारबाट थोरै नाफा आर्जन गर्ने पक्षमा रहेको देखिन्छन् । जसले सेयर होल्ड गर्ने प्रतिस्पर्धाले बजारमा निरन्तर गिरावट आएको लगानीकर्ताको दाबी छ ।केही लगानीकर्ता असाध्य धेरै आत्तिएका छन् भने केही लगानीकर्ता अझै बजार बढ्ने प्रतीक्षामा देखिन्छन्, जसको असर निरन्तर बजारमा परेको पुुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
सो दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको एक करोड चार लाख कित्ता इकाइ सेयर किनबेच हुँदा पाँच अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन सर्वाधिक कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको सो दिन १५ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो कारोबार हुने कम्पनीमा युुनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल बैंक, नेसनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनीलगायत कम्पनीको सेयर ११ देखि १० करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
गुुलविल फाइनान्स, युनाइडेट इदी मार्दी, आरबी हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड, कालिका पावर कम्पनी, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभ्लोपर्स, समृद्धि फाइनान्सको सेयर मूूल्यमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ता सबैभन्दा बढी निराश बनेका हुन् । घटेको नेप्सेमा मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था र मैलुुङ खोला जलविद्युुत् कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । गोर्खाज फाइनान्सको ६ प्रतिशतले बढेको छ ।