थप १,४७६ संक्रमित हुँदा, १,५५० जना संक्रमणमुक्त

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । १५ हजार ६९० नमुना परीक्षण गरिएकोमा सो संख्यामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ५७५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १०३ जनामा र पाँच हजार ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७३ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

शुक्रबार नेपालमा एक लाख ७२ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर नौजनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।

See More On

सुझावित समाचार