देशभर थप एक हजार दुई सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा नौ सय ४१ र एन्टिजेन परीक्षणमा दुई सय ९८ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ११ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण र तीन हजार ६ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर २० हजार सात सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।
बिहीबार एक हजार तीन सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार सय ७२ पुगेको छ ।