देशभर थप १,४७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

देशभर थप एक हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार दुई सय ५१ र एन्टिजेन परीक्षणमा दुई सय २७ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय  ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २१ हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।  बुधबार एक हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार सय ५९ पुगेको छ ।

सुझावित समाचार