देशभर १,३३० संक्रमित हुँदा १,८३० संक्रमणमुक्त

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर एक हजार तीन सय ३० जनामा कोरोना भाइरस संक्रमण हुँदा एक हजार आठ सय ३० संक्रमित निको भएका छन्। यो अवधिमा १३ हजार ६ सय २२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नौ हजार ६ सय २६ नमुनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा एक हजार ३६ तथा तीन हजार नाै सय ९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय ९४ नमुनामा कोभिड– १९ पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

यो अवधिमा नेपालमा कोरोना संक्रमणका कारण पाँचजनाले ज्यान गुमाएका छन्। मंगलबार देशभर ५५ हजार दुई सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।  अब नेपालमा २१ हजार पाँच सय २४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

सुझावित समाचार