१,०९५ कोरोना संक्रमित थपिँदा २,९५७ संक्रमणमुक्त

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गरिएको थियो। २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मृत्यु हुनेको संख्या ८  जना रहेको छ ।  हालसम्म नेपालमा कूल संक्रमितको संख्यामध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ११ हजार ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।

See More On

सुझावित समाचार