देशभर थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १४१३ संक्रमणमुक्त, १२ को मृत्यु

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

देशभर थप सात सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा ६ सय ५६ र एन्टिजेन परीक्षणमा ७८ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार तीन सय चारजनाको पीिसिआर परीक्षण र दुई हजार सात सय नौजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २४ हजार तीन सय १३ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतबार एक हजार चार सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार सय ४० पुगेको छ ।
 

सुझावित समाचार