१,७६० जना कोरोना संक्रमित थपिए, १,२२० जना निको भए

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा नयाँ संक्रमितको संख्या थपिएको हो । 

दुवै विधिबाट १६ हजार ८ सय ४४ जनामा परीक्षण भएको थियो । पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा उपत्यकामा ४ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार २ सय २० जना संक्रमित निको भएका छन् । २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
 

See More On

सुझावित समाचार