पञ्चेश्वर गापा र युवा परिषद्सँग नबिलको समझदारी

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले पञ्चेश्वर गाउँपालिका र त्यहाँको राष्ट्रिय युवा परिषद्सँग त्रिपक्षीय समझदारी गरेको छ । 

समझदारीअुनसार बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउने उल्लेख छ । त्यस्तै, उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । समझदारीमा नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले हस्ताक्षर गरेको जनाइएको छ । 

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित  गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको को व्यवसायीकरण र उद्यमशीलता विकासका लागि बैंकले ल्याएको कार्यक्रम सुरुमा १७ दुर्गम शाखाहरूबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको जनाइएको छ ।

सुझावित समाचार