देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

देशभर थप नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा आठ सय ३८ र एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार आठ सय ७८ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय ४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २६ हजार सात सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतबार एक हजार चार सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ४९ पुगेको छ ।
 

सुझावित समाचार