देशभर १,१४६ कोरोना संक्रमित थपिए, १,६६० संक्रमणमुक्त

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। १० हजार नाै सय १६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन एक हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्।

पिसिआर विधिबाट आठ हजार पाँच सय ४९ नमुना परीक्षण गरिएकोमा नाै सय ६१ जना र एन्टिजेन विधिबाट दुई हजार तीन सय ६७ परीक्षण गरिएकोमा एक सय ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा थप २१ जनाले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १० हजार नाै सय २४ पुगेको छ। सक्रिय संक्रमितको संख्या २७ हजार नाै सय ५८ छ।

See More On

सुझावित समाचार