एमालेले प्रतिनिधिसभा बैठकमा फेरि अवरोध गरेको छ। यसअघि १५ मिनेट स्थगित बैठक सुरु भएपछि पनि एमालेले संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै बैठक अवरुद्ध गरेको हो । सभामुख अग्नि सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् ।
संसदहरूले एमाले फुटाउन सभमुखले सहयोग गरेको भन्दै नाराबाजी गर्दै संसदमा अवरोध गरेका छन् । सभामुख सापकोटाले माग दर्ज भइसकेकाले बैठक सञ्चालनमा सहयोग गरिदिन आग्रह गरे पनि एमाले सांसदले अवरोध कायम राखेका थिए ।
‘तपाईंहरूका मागहरू दर्ज भइसके, अब त बैठक सञ्चालन गर्न सहयोग गर्नुहोला,’ अवरोधबीच बैठकमा सभामुख सापकोटाले आग्रह गर्दै भने ।