पछिल्लो २४ घन्टामा देशभर एक हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार एक सय ११ जनामा पिसिआर परीक्षण गर्दा एक हजार चार सय २३ जना र तीन हजार नाै सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ५४ जना गरी थप एक हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयको अद्यावधिक विवरणअनुसार सो अवधिमा दुई हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। गत २४ घन्टामा २१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।