गोकर्णेश्वरमा श्राद्ध गर्ने भक्तजनहरू (फोटोफिचर)

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

आज कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । देश–विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरूले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरेर मनाइरहेका छन्। विशेषतः सनातन धर्मावलम्बीहरूको पर्व भए पनि पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि यो पर्व आ–आफ्नो परम्पराअनुसार मनाउने गरेका छन्।

बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यस दिन उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गरे पनि कोरोना महामारीका कारण अघिल्ला वर्षहरूको तुलनामा मानिसहरूको उपस्थिति कम रहेको छ। कोरोनाको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ।

सुझावित समाचार