देशभर थप एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

देशभर थप एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा  नौ सय ७६ र एन्टिजेन परीक्षणमा एक सय १३ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा पाँच हजार एक सय ७० जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय एकजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३१ हजार दुई सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार एक हजार पाँच सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार आठ सय ३८ पुगेको छ ।
 

सुझावित समाचार