थप दुई हजार चारजनामा कोरोना संक्रमण पुष्टि हुँदा १६ जनाको मृत्यु

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई हजार चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक हजार आठ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोभिड– १९ बाट थप १६ जनाको ज्यान गएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार जम्मा १४ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा पिसिआर विधिबाट एक हजार ६ सय १९ जना र एन्टिजेन विधिबाट तीन ८५ गरी  देशभर दुई हजार चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार नाै सय ४६ रहेको छ। यसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन् भने दुई हजार तीन सय २७ जना देशभरका विभिन्न ठाउँका संस्थागत आइसोलेसनमा बसेका छन्। अस्पतालमा उपचाररत संक्रमितको संख्या पाँच सय ४४ रहेको छ। त्यसमध्ये एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

See More On

सुझावित समाचार