पछिल्लो २४ घन्टामा दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अद्यावधिकअनुसार १४ हजार नाै सय ३५ जनामा कोरोना परीक्षण भएको थियो ।
बुधबार तीन हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट देशभर १० हजार सात सय ७० जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमितभन्दा निको हुने बढी देखिएको छ । त्यस्तै, संक्रमितको संख्या पनि घट्दै गइरहेको छ । सरकारले कोरोना संक्रमण घटेसँगै बिहीबारदेखि लागू हुने गरी उपत्यकाभित्र निषेधाज्ञा खुकुलो पारेको आदेश जारी गरिसकेको छ ।