कोभिड- १९ का कारण विश्वभर ४५ लाख ५० हजारभन्दा बढी मानिसले ज्यान गुमाए

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

विश्वमा कोभिड– १९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका छन् । विश्वभरबाट संकलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्ममा कुल ४५ लाख ५० हजार ६ सय २० कोभिड– १९ संक्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार आठ सय कोभिड संक्रमितको मृत्यु भएको थियो ।  

गत हप्ता प्रतिदिन औसत एक हजार दुई सय ९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एकपटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस वर्षको जनवरीमा अमेरिकामा प्रतिदिन औसत तीन हजार तीन सय ८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो संख्या ग्रिष्मऋतुको सुरुसम्ममा घटेर दुई सयमा झरेको थियो ।

विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडका कारण मृत्यु हुनेहरूको संख्यामा वृद्धि हुन थालेको हो । अति संक्रमण क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।  

यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो । गत वर्षको तुलनामा जनवरीदेखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका मृतकहरूको संख्या २६ लाखभन्दा बढी भएको बताइएको छ । विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ–नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । 

अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रतिसयजना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा एक सय ११ जनामा सातजनाले कोभिड– १९ विरुद्धको एउटा खोप लिएका छन् । डेल्टाको विविधताविरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आए पनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययनअनुसार संक्रमणविरुद्ध फाइजर/बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा संक्रमणदर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापि कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् ।    
 

सुझावित समाचार