प्रदेश-२ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारीमन्त्रीको जिम्मेवारी दिएका हो।
भूमि व्यवस्था कृषि तथा सहाकारीमन्त्री शैलेन्द्र प्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ। प्रदेश सरकारको कामकारबाहीलाई चुस्त दुरुस्त बनाउन यस्तो गरिएको बताइएको छ।