नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। वाइसिएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर शनिबार वाइसिएल नेपालको आधिकारिक वेबसाइट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन् ।
युवा संगठनलाई डिजिटलमैत्री बानाउने उद्देश्यका साथ वाइसिएलले यस वेबसाइटको विकास गरेको हो । वाइसिएलका महासचिव सुबाेध सेर्पालीले हाम्रो संगठन सम्बन्ध सम्पूर्ण जानकारी यस वेबसाइटमार्फत जानकारी हुने र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका युवाले वाइसिएलको सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रूपमा सदस्यता लिन सक्ने बताएका छन् ।