अवैध काठसहित दुईजना पक्राउ

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

मकवानपुरको भीमफेदीमा अवैध काठसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बिहीबार बिहान साढे नौ बजेको समयमा भीमफेदी गाउँपालिका– २ बाट भैँसेतर्फ बा.९च ५९१२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा पाँच थान ३५ क्युबिक फिट अवैध गोलिया काठसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैँसेको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– २ का २८ वर्षीय सुमन लामा र सोही स्थानका २९ वर्षीय सुवास गोले रहेका छन्। उनीहरूलाई काठ र गाडीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार