थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार चार सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणबाट दुई हजार ५२ जना र एन्टिजेन परीक्षणबाट तीन सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

गत २४ घन्टामा नाै हजार सात सय दुईजनाको पिसिआर र चार हजार ६ सय ७२ जनाको एन्टिजेन गरी जम्मा १४ हजार तीन सय ८४ जनाको कोरोना परीक्षण भएको थियो ।

यसैगरी, यो अवधिमा एक हजार नाै सय २९ जना संक्रमणमुक्त भएका छन् भने २६ संक्रमितको मृत्यु भएको छ । हाल  देशभर ३८ हजार तीन सय ८४ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार