कर नबुझाउनेको घरमा महानगरको नाचगान (तस्बिरहरू)

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम गरेको जनाएको हो। 

कर बुझाउन पटक-पटक सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि बुधबारबाट कान्तिपुर होटेल, शिशु अर्याल, होटेल प्लाटिनियम, ह्वाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरबी कम्प्लेक्सलगायतका स्थानमा पञ्जेबाजासहितको अभियान सञ्चालन गरेको छ।

तस्बिरहरू :

सुझावित समाचार